थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो।

जेष्ठ ११, काठमाडौं ।
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् ।

आज झापा १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।

संक्रमितको संख्या ६०३ पुग्दा ५२४ जना पुरुष छन् भने ७९ जना महिला रहेका छन् । तीमध्ये केही नाबालकहरु पनि छन् ।
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel