२ महिनादेखी निरन्तर निशुल्क खाना खुवाउदै बिराटनगरको एक युवा समुह


बिराटनगर, १८ जेठ ।
जहाँ कोभिड-१९ बाट बिश्व नै त्रसित बनिरहेको छ, यस्तो गम्भिर परिस्थितिमा एउटा सामाजिक कार्यमा स​क्रिय​ युवाहरुको समुह जसले नेपाल मा लकडाउन शुरु भएसँगै बिराटनगरमा २ महिनादेखी निशुल्क खाना खुवाउँदै आएको छ । 

विराटनगरका युवा नेता वसिम आलम लगायत वहाँको युवा समुहको सक्रियतामा उक्त निशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको हो । युवाहरुको उक्त समुहले निरन्तर लकडाउनमा समस्या परेका सडक पेटिमा बस्ने गरिब, असहाय, घरबारविहीन तथा मजदुरवर्गलाई निशुल्क खाना खुवाउँदै आएको हो  ।

बिहान बेलुका खाना खुवाउने कार्यमा दुईवटा समूह बनाएर अभियानलाई निरन्तरता दिइरहेका कर्मठ युवा वसिम आलमको समूहमा अहिले २० जना युवा छन् भने विराटनगर महानगरपालिकाको ट्राफिक चोकमा रहेको रोयल विरयानी हाउसका संचालक पप्पु अन्सारिले खाना तयार गर्न आफ्ना कुकसहित हाउस वसिम आलमलाई जिम्मा दिएका हुन । यो हाउसमा बिहान बेलुका ताजा खाना पकाउने र खाना खाने समूहलाई दैनिक परिकार परिवर्तन गरी खुवाउने कार्य गरिरहेका छन् । 
युवाहरुले बिहान बेलुका गरेर दैनिक ४ सय भन्दा बढिलाई खाना खुवाउँदै आएको अभियानको नेतृत्व गरिरहेका युवा नेता वसिम आलमले जानकारी दिए । रोगको डर र त्रास सबैमा हुन्छ तर ती युवाहरुको समुहले रोगको पर्वाह नगरि सडक पेटिमा बस्ने गरीब, असहाय, घरबारविहिन तथा मजदुर वर्गहरुलाई सुरक्षित तवरले निशुल्क खुवाउन थालेको आज ६२ औं दिन भएको छ ।

युवा नेता वसिम आलम र उनको समुहले मानवता अझ जिउँदै रहेको प्रमाणित गरेका छन । आज देशलाई आलामजस्तो समाजसेवी एवं कर्मठ युवा नेताको आवश्यकता छ ।

उनको यो कार्यलाई मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख बेदप्रसाद गौतम र प्रहरी अधिकृत विकास राईसहित केही सरकारी कर्मचारीले पनि सराहना गर्दै काममा सहयोग गर्दै आएको छ । 
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel