राष्ट्रकवी माधव प्रसाद घिमिरेको १०१ वर्ष उमेरमा निधन
इन्द्रै बिन्ति गरून् झुकेर पदमा यो बिन्ति मान्दैन त्यो ।
यो कविताको अंशले भनेजस्तै मंगलवार साँझ ५ बजेर ५५ मिनेटमा सारा नेपालीका लागि दुखद् खबर आयो । मंगलवारको अस्ताउँदो सूर्यसँगै नेपालले एक काव्यको मुर्धन्य धरोहर पनि गुमायो । जुन खबरले सारा नेपालीलाई नै रुवायो । जसरी दिउँसो गगनबाट वर्षा भयो, त्यसरी नै साँझपख अचानक सारा नेपालीहरुको आँखाबाट अश्रुका धारा प्रवाहित भए । खबर थियो नेपाली साहित्यका एक स्तम्भ, राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन । साँझ ५ बजेर ५५ मिनेटमा उनको मृत्यु भएसँगै सारा नेपालीको आँखाबाट अश्रुधारा प्रवाहित हुन थाले । नहोस् पनि किन, नेपाली साहित्यलाई नवयुगमा प्रवेश गराउने एक सशक्त राष्ट्रकवि घिमिरेको निधन भएको थियो । यो समाचारले बिस्तारै बिस्तारै सामाजिक सञ्जाल ततायो । तर सारा नेपालीको बीचबाट मंगलवारको अस्ताएको सूर्यसँगै राष्ट्रकवि माधव प्रसाद घिमिरे पनि सदाका लागि यो संसारबाट अस्ताए ।
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल ।।
जस्ता लोकप्रिय कविताबाट चिनिने राष्ट्रकवि वि ।सं । १९७६ सालमा पिता गौरीशंकर र माता द्रौपदिदेवी घिमिरेको पुत्ररत्नका रूपमा लमजुङको पुस्तुनमा जन्मेका घिमिरे १०१ वर्षको उमेरमा सारा नेपालीहरुको माझबाट सदाका लागि बिदा भए ।
राष्ट्रकवि घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक ख्यातिप्राप्त र विशिष्ट कवि हुन् । अन्तर्राष्ट्रिय स्तरका कवि व्यक्तित्वका रूपमा उनको मूल्यांकन गर्ने गरिन्थ्यो । त्यसो त कविता काव्यका अतिरिक्ति गद्यलेखनमा पनि उनको उच्चस्तरको योगदानलाई पनि कम मूल्यांकन गर्न मिल्दैन । उनी ‘कवि’ का पर्याय जस्ता पनि बनेका छन् । सुन्दर र हृदयसंवेद्य कविताकाव्य लेखनमा उनी तुल्य व्यक्तित्व ‘न भूतो न भविष्यति’ जस्तो भइसकेको छ ।
Leave Comments
Post a Comment