समाचार
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्ण पाठसहित)
जेष्ठ १५, काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेट सार्वजनिक गरेको छ। बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६।७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।
आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।
७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य:
सरकारले आगामी अर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
चालू आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका वेला सरकारले आगामी वर्ष महत्वाकांक्षी लक्ष्य लिएको हो ।
कोभिड–१९ का कारण पूरै अर्थतन्त्र धराशायी भइरहेका वेला आउँदो आर्थिक वर्षका लागि सरकारले उच्च महत्वांकाक्षी आर्थिक वृद्धिको लक्ष्य लिएको हो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिको लक्ष्य प्रस्तुत गरेका हुन् ।

हेर्नुहोस् पूर्णपाठ :
Previous article
Next article
Leave Comments
Post a Comment