थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो


जेष्ठ १५, काठमाण्डौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् । 

नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एकएक जना रहेका छन् ।
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel