डब्ल्यूएचओसँगको सम्बध पूर्ण रुपमा तोडेको ट्रम्पको घोषणा

जेष्ठ १७, काठमाण्डौं । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) माथि गम्भीर निर्णय लिएका छन्। शुक्रबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले डब्ल्यूएचओसँगको सम्बध पूर्ण रुपमा तोडेको घोषणा गरेका हुन्।

ट्रम्पले यस अघि नै कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए।

‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं तर ऊ असफल भयो। आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं।’ ट्रम्पले भने। उनले अमेरिका उक्त आर्थिक सहयोग अब पब्लिक हेल्थमा लगाउने बताए।

डब्ल्यूएचओलाई अमेरिकाले सबैभन्दा धेरै वार्षिक ४५ करोड डलर सहयोग गर्दै आएको थियो। चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ।
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel