प्रचण्ड निवासमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेमा ड्राइभर र भान्से!!


२८ श्रावन, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले जानकारी दियो। प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम गंगा क्वारेन्टाईनमा बसेका छन्।

Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel