युवराज खतिवडा अर्थमन्त्री पदबाट बिदा हुँदै


२ भाद्र, २०७६
अर्थमन्त्री डा. युवराज- खतिवडाको राष्ट्रिय सभा सदस्यको अवधि आगामी २० गते सकिने भएको छ । समयावधि सकिनेबित्तिकै राष्ट्रिय सभा सदस्य वामदेव गौतम नियुक्त हुने देखिएपछि अर्थमन्त्रीबाट खतिवडा बिदाहुने पक्का जस्तै भएको छ। 

राष्ट्रियसभाको सदस्यमा कायम नरहेको अवस्थामा पनि कुनै पनि व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अन्तरर्गत राष्ट्रियसभाको सदस्य पदको अवधि सकिएर पनि डा । खतिवडा अर्थमन्त्रीको रुपमा काम गरिरहेका छन् ।

अर्थमन्त्रीबाट खतिवडा बिदाहुने पक्का जस्तै भएसंगै नयाँ अर्थमन्त्रीका को बन्ला ? भन्ने सबैको चासोको विषय बनेको छ ।यतीबेला अर्थमन्त्रीका लागि तीन जनाको नाम अगाडि आएको छ। जसमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वर्षमान पुनको सम्भावना चर्चा चल्न थालेको छ। उसो भए अबको अर्थमन्त्री बन्ने पालो कसको त ? धेरैमा जिज्ञासा हुनसक्छ ।

सत्तारुढ दलभित्रको विवाद समाधानका लागि गठित कार्यदलका एक अर्का सदस्यका अनुसार अबको अर्थमन्त्रीमा विष्णु पौडेलको संभावना प्रवल छ । उनले यसअघि पनि अर्थमन्त्रालयको कमान सम्हालिसकेका छन् ।

सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्रीमा मन गरेका भए पनि पार्टीभित्रको समीकरण मिलाउन र सचिवालयकै नेतालाई मन्त्री बनाउने कुरामा प्राथमिकता दिने सहमतिका कारण विष्णु पौडेल नै अर्थमन्त्री लागि प्रवल दाबेदार देखिन्छन् ।

त्यस्तै अर्थमन्त्रीको लागि सभांवनायुक्त अर्को नाम हो वर्षमान पुन । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री सहित रहेका मन्त्री पुन अर्थमन्त्री अर्को प्रवल सभांवना बोकेको नाम हो । 
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel