विराटनगरमा आज एकै दिन थपिए ८६ जना कोरोना संक्रमित

श्रावन ३२, विराटनगर । 

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका भित्र आज एकै दिन ८६ जना कोरोनाका संक्रमित थपिएका छन् । ८६ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५ सय ६६ पुगेको छ ।

महानगरमा पहिलो पटक एकै दिन ८६ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको महानगरमा यो संख्या एकै दिन भेटिएको अहिलेसम्मकै उच्च हो ।

सवै भन्दा बढी विराटनगर–१६ मा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा १३ पुरुष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो । त्यसपछि विराटनगर–६ मा ७ पुरुष र ४ महिला गरि ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै विराटनगर ३ र ११ मा ९–९ जना संक्रमण देखिएको छ । विराटनगर ३ मा ५ पुरुष र ४ महिला संक्रमित छन् भने विराटनगर ११ मा ५ पुरुष र ४ महिला संक्रमित भेटिएका छन् ।

यसैगरी विराटनगर १ मा २ जना, २ मा ४ जना, ४ मा ५ जना, ५ मा ७ जना, ८ मा ३ जना, ९ मा ६ जना, १२ मा १ जना, १३ मा ३ जना, १४ मा २ जना र १५ मा ५ जना संक्रमित छन् । ३ जना वडा नखुलेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel