न मास्क न त भौतिक दुरी: प्रतिबन्धित सभामा उदघाटन गर्दै मुख्यमन्त्री

३० श्रावन, विराटनगर । 

कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । तर मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बने ।

उक्त कार्यक्रममा न त कसैले भौतिक दुरी कायम गरेको देखियो न त मास्क नै सही तरिकाले लगाएको  । मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका थिएनन् । कार्यक्रममा सहभागी अन्यले मास्क चिउँडोमा लगाएका थिए ।

तीनै कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरे ।

बिहीबार उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरे । सडक उदघाटन गर्दै उनले सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना संघीय सरकारबाट पूरा हुने बताउँदै निराश बन्नु नपर्ने बताए ।

मुख्यमन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) को पनि उदघाटन गरे ।

Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel